कालिकोट । पुर्ब पि एल ए कमान्डर कल बहादुर बम उमेशले पुन १४१ घरलाई राहत बितरणकालिकोट जिल्ला पलाँता गाउँ पालिका वडा नम्बर ७ का जम्मा १४१ घरधुरी लाई खाध्यान्न सामान रातत स्वरुप बितारण गरीएको छ । बितरण कार्यक्रममा को लागि वडा प्रतिनिधि जन्देबि बम ने.क.पा.जिल्ला कमिटी सदस्य दन्त बम, पुर्ब पि एल ए धिर बहादुर बम(महान), पुर्ब पि एल ए दुर्गराज बम(सेबक) कोटीमले बितरण गरेको बताइएको छ ।

पुर्ब पि एल ए कमान्डर कल बहादुर बम उमेशले आज मात्र पलाँता ७ पारौटीका घरलार्ई साद्य सामाग्री सहितको राहत बितरण गरेका छन । असंगठित क्षेत्रमा कार्यरत श्रमिक वर्ग तथा असाहयलाई उपलब्ध गराईने राहत सम्बन्धि मापदण्ड–२०७६ अनुसार बमले राहत वितरण गरेको हो । सामाजिक दुरी कायमगरी विश्वमहामारीका रुपमा फैलिएको कोरोना भाइरस कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण गर्न सरकारले गरेको बन्दाबन्दी लकडाउन बाट ज्याला मजदुरी गरेर आएको पैसाले किनेर छाँक टार्न बाध्य श्रमिक तथा असाहय व्यक्तिका घरपरिवारलाई राहत स्वरुप खाद्यन्न वितरण गरेको स्थानिय युबराज बमले जानकारी दिनुभयो ।

उहाँका अनुसार १ सय ४१ घरधुरी संख्या रहेको पलाँता गाउँपालिका वडानं ७ को पारैटीमा राहत स्वरुप खाद्यन्न वितरण गरिएको बमको भनाई रहेको छ । एउटा घरमा ३० किलो चामल वितरण हामीले चामल, तेल लगाएतका सामाग्री वितरण गरेका छौं । अर्का बिनोद बमका अनुसार यस अघि वडा नम्बर ७ को वडा कार्यलयमा दैनिकर फागोटीका २०६ घरधुरीमा प्रतिपरिवार ३० किलो बितरण गरेको बताइएको छ ।