काठमाडौं असार १३    एनआईसी एशिया क्यापिटलले मोबाइल एप सेवाको सुरुवात् गरेको छ । यो सेवा मार्फत प्रयोगकर्ताले आफ्नो डिम्याट खाताको सम्पूर्ण जानकारी प्राप्त गर्नुका साथै एनआईसी एशिया क्यापिटलको सामूहिक लगानी कोषको प्रति ईकाई मूल्य (NAV) को जानकारी, नेप्से बजार रिपोर्ट, एनआईसी एशिया क्यापिटलले प्रदान गर्दै आएको बृहत सेवाका बारेमा जानकारी प्राप्त गर्न सक्नेछन् ।उक्त मोबाइल एप हाल एण्ड्रोईडको प्ले स्टोर र केहि दिनमा एप्पल मोबाइलकोे ऐप स्टोरमा निःशुल्क उपलब्ध हुने छ । उच्चतम प्रविधिको प्रयोगबाट गुणस्तरीय, किफायती र शिघ्रातिशिघ्र सेवा प्रदान गर्ने एनआईसी एशिया क्यापिटलको प्रतिबद्धताका क्रममा मोबाइल एपले थप मजबूती दिने विश्वास लिइएको छ । साथै सेवाग्राहीहरुसँग सामिप्यता बढाउन एपले महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ ।