११ असार – गृहमन्त्री रामबहादुर थापा बादल उपस्थित नभएपछि स्थगित भएको संसद बैठक सुचारु भएको छ । सांसदहरुले गृहमन्त्री उपस्थित नभएको भन्दै नियमापत्ति जनाएपछि १० मिनेटका लागि बैठक स्थगित भएको थियो ।आजको बैठकमा गृह मन्त्रालय, पराष्ट्र मन्त्रालय र उर्जा, जलस्रोत तथा सिचाई मन्त्रालयमा विनियोजित बजेटको छलफल थियो तर गृहमन्त्री नै उपस्थित नभएपछि कांग्रेस सांसदहरुले आपत्ति जनाएपछि बैठक स्थगित भएको हो । गृहमन्त्री उपस्थित भएपछि बैठक सुचारु भएको हो ।