५ असार – सोमबार साँझ निधन भएका वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाको पार्थिव शरीर अन्तिम श्रद्धान्जलीका लागि न्यूरो अस्पताल, बाँसबारीमा राखिएको छ ।

नेता, सहकर्मी, सार्वसाधारण डा. देवकोटालाई श्रद्धान्जली दिन पुगेका छन् । अस्पताल प्रांगणमा देवकोटाको शव राखिएको छ ।

उनको शीरमा नेपाली ढाका टोपी छ । डा. देवकोटाको इच्छाअनुसार नै निधनपछि दौरा, सुरुवाल, ढाका टोपी र कोट लगाइएको पारिवारिक स्रोतले जनायो ।

देवटालाई श्रद्धाञ्जली दिन उपराष्ट्रपति नन्दबहादुर पुन पासाङ, नयाँ शक्तिका अध्यक्ष डा. बाबुराम भट्टराई, राष्ट्रपति विद्या भण्डारीलगायतका नेताहरु अस्पताल पुगेका छन् ।