अर्थमन्त्री डा.युवराज खतिवडा अाेली सरकारका शक्तिशाली अर्थमन्त्री डा. युवराज खतिवडाको कार्यकाल २ वर्षको मात्र हुने भएको छ।

राष्ट्रिय सभा सदस्यको कार्यकाल टुंगो लगाउन सोमबार भएको गोलाप्रथामा उनको भागमा दुई वर्षे कार्यकालको चिठ्ठा परेको हो। दुई वर्षपछि पदावधि सकिएसँगै उनको मन्त्री पद धर्मराउनेछ।

वर्तमान संविधानले मन्त्री हुनका लागि संसदको सदस्यता अनिवार्य गरेको छ। तर संविधानअनुसार संसद सदस्य नरहेको व्यक्ति ६ महिनासम्म मन्त्री हुन सक्छ। सो ६ महिनाभित्र संसद सदस्यता लिइसक्नु पर्छ।

नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा अाेलीका विश्वास पात्रका रूपमा हेरिएका डा.खतिवडालाई याे सरकारले पाँच वर्षसम्मै अर्थमन्त्री बनाउन चाहे दुई वर्षपछि फेरि सांसद बनाउनुपर्ने हुन्छ।