एजेन्सी – विश्वकप फुटबल अन्तर्गत शनिबार दिउँसो बेलुका र राति गरी चारवटा खेल हुँदैछ । पहिलो खेलमा समूह सी रहेको फ्रान्सले अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्नेछ ।

उपाधि दाबेदार मानिएको फ्रान्स र अस्ट्रेलियाबिचको खेल नेपाली समय अनुसार दिउँसो पौने चार बजे कजानको कजान एरिनामा हुनेछ ।

बेलुका पौने सात बजे शनिबारको दोस्रो खेलमा उपाधि दाबेदारको रुपमा हेरिएको अर्जेन्टिनाले पहिलो पटक विश्वकप खेल्न लागेको आइसल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ । यो खेलमा मस्कोमा रहेको स्पार्टक रंगशालामा हुनेछ ।

राति पौने १० बजे हुने तेस्रो खेलमा समूह सी का पेरु र डेनमार्कले प्रतिस्पर्धा गर्नेछन् । यो खेलमा सारांस्कमा रहेको मार्डोभिया एरिनामा हुनेछ । यसैगरी राति पौने १ बजे हुने खेलमा समूह डी का क्रोएसिया र नाइजेरियाबिच प्रतिस्पर्धा हुनेछ ।