रुपनदेहीको सैनामैना–९ बासगढीमा आज बिहान छुट्टाछुट्टै बस दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने १२ जना घाइते भएका छन् ।

पूर्वबाट पश्चिमतर्फ गइरहेको ना ७ ख ४२१Accident नम्बरको बसको ढोकाबाट खसेका बसका सहचालक दैलेख जिल्ला घर भएका २८ वर्षीय दानबहादुर कार्कीलाई ना ५ ख ३३८९ नम्बरको बसले ठक्कर दिँदा ज्यान गएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

सोही ठाउँमा ना ७ ख ७५६८ नम्बरको बस र ना ५ ख ३३८९ नम्बरको बस एक आपसमा ठोक्किँदा १२ जना घाइते भएको छन् । उनीहरुको अवस्था भने सामान्य रहेको छ ।