अग्निज्वाला काठमाडौं  पुस २५।नेत्रहिन विश्वकपको पहिलो खेलमा नेपाल पाकिस्तानसँग ९ विकेटको फराकिलो अन्तरले पराजित भएको छ।नेपालले दिएको २५९ रनको लक्ष्य पाकिस्तानले १९.१ आभेरमा १ विकेट गुमाएर भेटायो।
पाकिस्तानका ओपनर बादर मुनिरले विस्फोटक शतकीय पारी खेले। ५९ बलको सामना गरेका उनले १२६ रन जोडे। त्यस्तै, महसिन खान ७४ तथा आमिर अस्फाक ४६ रनमा नटआउट रहे।
त्यसअघि पाकिस्तानको जिन्नाह स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ४० ओभरमा ५ विकेट गुमाएर २५८ रन बनाएको थियो।
नेपालका रमेश बहादुर बानियाँ र पदम बडैलाले अर्धशतकिय पारी खेले। यस्तै बन्द्री चौलागाई अर्धशतक बनाउन एक रनले चुके।
७२ बलमा रमेशले ५९ रनको पारी खेले। सो क्रममा उनले २ चौका प्रहार गरेका थिए। त्यस्तै पदमले ४३ बलमा ५० रन जोड्दा २ चौका प्रहार गरे।
नेपालका लागि अन्य ब्याट्सम्यानहरु बन्द्री चौलागाई ४९ रन बनाए भने खिमानन्द गैरेले नटआउट ३० तथा भरत थापाले ११ रन जोडे। नेपालले दोस्रो खेलमा भोली बंगलादेशको सामना गर्नेछ।

ссылкиbest free personal accounting softwaretradebravoil Турал Маиловвиза в грецию в сургутебали пляжи