जेठ, काठमाडौं l  विप्लवनेतृत्वको नेकपासम्बद्ध विद्यार्थी सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी)का अध्यक्ष चिरन्जीवी ढकाल गिरफ्तारीमा परेका छन् । उनलाई आज विहान काठमाडौं जोरपाटीबाट प्रहरीले नियन्त्रणमा लिएको हो । अध्यक्ष ढकालसँगै सो सङ्गठनका कोषाध्यक्ष नरेन्द्र विश्वकर्मा र विद्यार्थी नेता प्रकाश तिरुवालाई पनि प्रहरीले पक्राउ गरेको बुझिएको छ । नरेन्द्र नेकपाका शीर्षतहका नेता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)का छोरा हुन् ।

यसैबीच विद्यार्थी नेताहरूको गिरफ्तारीप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको अनेरास्ववियू (क्रान्तिकारी)ले जनाएको छ । सङ्गठनका महासचिव प्रकाश शाहीले एक प्रेस विज्ञप्ति प्रकाशित गरी सङ्गठनको तीनमहिने सङ्गठन विस्तार तथा सुदृढीकरण अभियानको क्रममा अध्यक्ष ढकालसहितका नेताहरूलाई गिरफ्तार गरिएको जनाएका छन् ।

विज्ञप्तिमा महासचिव शाहीले भनेका छन्– ‘सामाजिक दलाल फासिवादी सरकारले अपहरण शैलीमा आज विहान करिव ११ः३० बजे जोरपाटीबाट हाम्रो गौरवशाली सङ्गठनका नेताहरूलाई गिरफ्तार गरेको घटनाप्रति सङ्गठनको गम्भीर 

ध्यानाकर्षण भएको छ ।’

विज्ञप्तिमा अगाडि भनिएको छ– ‘नेपालको शिक्षा क्षेत्रमा भएको निजीकरण, व्यापारीकरण, दलालीकरण र माफियाकरणको पूर्ण रूपमा अन्त्य गर्दै वैज्ञानिक समाजवादी शिक्षा प्राप्त गर्ने अभियानमा विनाकारण गिरफ्तार गर्नुले यो सामाजिक दलाल फासिवादी राज्यको चरित्र झन् उदाङ्गिएको छ । सङ्गठनको उपाध्यक्षलगायत नेताहरूको गुण्डागर्दी शैलीमा गरिएको गिरफ्तारीको घोर भत्र्सना गर्दै विना शर्त रिहाईको माग गर्दछौँ । अन्यथा कडा सङ्घर्षमा जाने र त्यसबाट उत्पन्न परिस्थितिको जिम्मेवार स्वयम् फासिवादी सरकार नै हुनुपर्ने छ ।’