अग्निज्वाला -काठमाडौं पुस २५
एकता संयोजन समितिको बैठकका लागि एमाले–माओवादी केन्द्रका सबै नेताहरु बालकोटस्थित ओली निवास पुगेपछि अझै बैठक सुरु हुन सकेको छैन। ३ बजे नै बस्ने भनिएको बैठक साढे तीन बज्दासम्मपनि सुरु हुन नसक्नुको कारण हो, ओलीका दुई घरमध्ये पुरानो घरमा बैठक बस्ने तयारी।

एउटै कम्पाउण्ड भएपनि बालकोटमा ओलीका दुई घर छन्। त्यसमध्ये ठूलो बैठक बस्नु प¥यो भने नयाँ घरको बैठक कक्ष प्रयोग गर्ने गरिएको छ भने सानो खालको बैठकका लागि पुरानो घर। संयोजन समितिको बैठक पुरानो घरमा बस्दैछ।

‘एमाले स्थायी समिति ठूलो छ, त्यसैले हिजो नयाँ घरमा बैठक भयो, तर संयोजन समितिको आकार सानो भएकाले पुरानो घरमा बस्दैछ’ स्रोतले भन्यो, ‘तयारीका लागि केही समय लाग्यो, त्यसैले बैठक सुरु हुन ढिलाई भएको हो।’

दुई घरमध्ये नयाँ घरमा ओली बस्दै आएका छन् भने पुरानो घरको तल्लो तलामा सुरक्षाकर्मी बस्छन्। त्यसको माथिल्लो तलामा बैठक कक्ष छ। सानो कक्ष भएपनि ओलीले महत्वपूर्ण भेटघाट र वार्ताका लागि त्यही कक्ष प्रयोग गर्दै आएका छन्।

системахресторанный12gvideoбравоил отзывыgirl on live cam