एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली सर्वोच्च नेता कीम जोङ उन मंगलबार हुने बहुप्रतिक्षित भेटघाटका लागि सिंगापुर पुगिसकेका छन् । संसारकै चासो दुई शिर्ष नेताको भेटघाटमा रहेको छ । यि दुई नेताको भेटघाटमा एक जना व्यक्ति पनि सामेल हुँदैछन् । जसको राजनीति र कुटनीतिसँग कुनै सम्बन्ध नै छैन ।को हुन् उनि ?
नेता कीमलाई अत्यधिक मनपर्ने अमेरिकी बास्केटबल खेलाडी डेनिस रडम्यान भेटघाटका सुत्रधार हुन् । सन् १९६१ मा जन्मिएका रडम्यानले आफ्नो पढाईलेखाई अमेरिकामै गरेका थिए । नेशनल बास्केटबल एशोसिएसनबाट खेलयात्रा शुरु गरेका थिए। उनि एक प्रतिभाशाली र शक्तिशाली खेलाडीको रुपमा पहिचान बनाउन सफल भए ।

रडम्यान बास्केटबलरका साथै एक रेस्लर पनि थिए । अमेरिकी राष्ट्रपति ट्रम्पको रेस्लरसँग गहिरो सम्बन्ध रहेको छ । रडम्यानले गत जुन ८ मा ट्विट गर्दै भनेका थिए कि ऐतिहासिक सम्मेलनका लागि आफू सिंगापुर जाँदैछु । मेरा साथी डोनाल्ड ट्रम्प र मार्सल किम जोङ उनलाई जस्तोसुकै सहयोग गर्न तयार छु ।

रडम्यान धेरै समय अघिदेखि दुई देशबीचको शान्ती सम्बन्धका पक्षधर थिए । सन् २०१३ मा गार्जियनले लिएको अन्तर्वार्तामा कीम जोङ उन ठूलो शक्तिशाली व्यक्तित्व भएको बताएका थिए ।

उत्तर कोरिया यात्रा

रडम्यान यस्ता अमेकिरी नागरिक हुन् जसले ट्रम्प र कीम दुबैसँग प्रतक्ष्य भेटघाटको अवसर पाएका छन् । रडम्यान पाँच पटक उत्तर केरिया पुगिसकेका छन् । अमेरिकप् राष्ट्रपतिसँग पनि उनले पटकपटक भेटिसकेका छन् । ट्रम्पद्धारा लिखित ‘द आर्ट अफ डील’ नामक किताब कीम जोङलाई दिएको उनले दाबी गरेका छन् ।

सन् २०१३ मा रडम्यानले पहिलोपटक उत्तर कोरियाको भ्रमण गरेका थिए । उनको टीमले उत्तर कोरियामा बास्केटबल खेलेको थियो । सो खेलको दर्शकदिर्घामा रडम्यान र कीम जोङसँगै रहेका थिए । उत्तर कोरियाको सरकारी टेलिभिजनले रडम्यानको प्रशंसा गर्दै कभरेज गरेको थियो ।

रडम्यानले शिखर सम्मेलनको दौरानमा सांस्कृतिक समारोहमा अतिथीको रुपमा सहभागिता जनाउन सक्छन् ।
एनके लिडरसीप वाच वेभसाइट सञ्चालन गर्दै आएका जानकार माइकल मेडन भन्छन्, ‘ रडम्यान एक ‘गुडविल एम्बेसेडर’ जस्तै हुन् । दुबै पक्ष सांस्कृतिक आदानप्रदानका लागि तयार भएभने उनको अहम भूमिका रहनसक्छ । साथै बास्केटबलको माध्यमबाट पनि हुन सक्छ ।’