२१८ शाखा स्थापना गरेको नेपालको दोस्रो ठुलो बैंकका रुपमा परिचित एनआईसी एशिया बैंकले  १२ प्रतिशत ब्याजदरमा निक्षेप  लिने भएको छ ।

बैंकले धनवर्षा मुद्दती निक्षेप योजना नाम रहेको उक्त मुद्दति निक्षेप योजनामा मासिक रुपमा व्याज भुक्तानीको सुविधा सहित वार्षिक १२ प्रतिशत व्याज प्रदान गरिने जनाएको छ ।
यस अघिपनि बैंकले सञ्चालनमा ल्याएको सर्वाधिक उच्चव्याजदर सहितको धनबर्षा मुद्दती निक्षेप योजना ल्याएको थियो ।

यस योजनाअन्तर्गत देशभर रहेका एनआई सी एसिया बैंकको २१८ शाखाबाट जुनसुकै रकमको पनि मुद्दती निक्षेप खाता खोल्न सकिने छ ।  एक बर्षको अवधिको लागी खोल्न सकिने यस मुद्दति योजनामा जम्मा गरिएको रकमको ८० प्रतिशत सम्म कर्जा सुबिधा समेत उपलब्ध गराउन सकिने बैंकले जनाएको छ।