परिवर्तित खेलाडी लागो अास्पासको समयको गोलमा स्पेनले टुनिसियालार्इ विश्वकपअघिको मैत्रीपूर्ण खेलमा १-० गोलअन्तरले पराजित गरेको छ।

रसियाको क्रास्नोडरमा भएको खेल बलियो लाइनअपका साथ मैदान उत्रेको स्पेनी टोलीले संघर्षपूर्ण खेल सकिन ६ मिनेट बाँकी हुँदा सेल्टा भिगोका फरवार्ड असपाकले गोल नगरुञ्जेल टुनिसियासँग संघर्ष गर्नुपरेको थियो।

योसँगै स्पेन लगातार १० खेलमा अपराजित बनेस्पेन फुटबल टोली

स्पेन फुटबल टोली  को छ। सेप्टेम्बर २०१६ यता उसले कुनैपनि खेलमा हार बेहोरेको छैन्।

विश्वकपमा इंग्ल्याण्डको समूहमा रहेको टुनिसियाका नायम सिल्टिले पहिलो हाफको अन्त्यतिर प्रहार गरेको सट गोलपोष्ट बाहिरबाट गएको थियो।

२०१० को विश्वकप विजेता स्पेनका लागि डियगो कोस्टाले ६५अौं मिनेटमा गोलपोस्टमा प्रहार गर्नुअघि कुनैपनि खेलाडीले पोस्टमा प्रहार गर्न सकेका थिएनन्। स्पेनले शुक्रबार पोर्चुगलसँग खेल्दै विश्वकपको सुरुवात गर्नेछ भने टुनिसियाले जुन १८ मा इंग्ल्याण्डको सामना गर्नेछ।