सरसफाइ अभियानमा देशका नेता र नाम चलेका व्यक्तित्वहरुसहित हजारौं सहभागी भइसके, र हुने क्रम जारी छ ।

हालसम्म १२ हजार मेट्रक टनभन्दा बढी फोहोर निकालिसकिएको वाग्मती सरसफाइ अभियानले जनाएको छ ।

तर जम्मा २८ किलोमिटर वाग्मती पटकपटक सफा गरिँदा पनि हरेक पटक उत्तिकै फोहोर निस्किन्छ, खास कमी भएको पाइन्न ।

आजको कान्तिपुरको पृष्ठ ५ मा यो समाचार छापिएको छ । अहिले सरसफाइ अभियानको दुई सय ६५ औं हप्ता मनाइयो ।

अभियानमा प्रतक्ष्य सहभागी रहने गरेका अभियन्ता डा. राजु अधिकारी भन्छन्, ‘नयाँ ठाउँमा सरसफाइ थर्दा ४/५ ट्रक र पुरानो ठाउँबाट हरेक पटक १/२ ट्रकसम्म फोहोर निस्किरहेको हुन्छ । वाग्मती सपाm हुन सबैभन्दा पहिले सबै सहायक नदी सफा हुनुपर्छ ।’