एमाले–माओवादी केन्द्रबीचको पार्टी एकता संयोजन समितिको आज केहीबेरमा सुरु हुने बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी एकताका लागि दुई कार्यदलको प्रस्ताव गरेपनि त्यस्तो कार्यदल आजै बन्ने सम्भावना कम रहेको स्रोतहरुले बताएका छन्।
आइताबार (२३ पुष) मा भएको ओली–प्रचण्डबीचको ‘वन टु वन’ वार्ताका क्रममा एकता प्रक्रियालाई छिटो र सहज बनाउन वैचारिक–राजनीतिक र सांगठनिक समानता कायम गर्न कार्यदल निर्माणको निर्माण गर्ने सहमति भएको थियो। त्यसै बमोजिम आजको बैठकमा ओली र प्रचण्डले त्यस सम्बन्धी प्रस्ताव राख्नेछन्।

‘तर, कस्तो कार्यदल बनाउने भन्ने समितिका अन्य नेताहरुलाई जानकारी छैन’ समितिका एक सदस्यले भने, ‘झारा टार्ने खालको कार्यदल निर्माण गर्न खोजिएको हो कि उहाँ (ओली–प्रचण्ड) लाई निर्देशन दिने र सहमति लिपिबद्द गर्ने कार्यदल निर्माण गर्न खोजिएको हो, त्यो टुङ्गो लागेपछि मात्र कार्यदल गठन हुनेछ।’

समितिका सदस्यहरु ओली–प्रचण्डबीचको सहमतिलाई मात्र लिपिबद्दमात्र गर्न कार्यदल गठनको पक्षमा छैनन्। ‘उहाँहरुबीच के के कुराकानी भएका छन्, समितिका अन्य सदस्यहरुलाई जानकारी छैन’ ती सदस्यले भने, ‘त्यसैले आजको बैठकमा अन्य सदस्यहरुबाट कसरी एकता प्रक्रिया अघि बढाउने भन्ने विषयमा खुल्ला छलफल हुन्छ। अनिमात्र थप कुरा हुनेछन्।’

एकता प्रक्रिया अघि बढाउने उद्देश्यका साथ संयोजन समिति गठन नभएको तीन महिना बितिसक्दापनि बैठक नबोलाइएकामा अन्य सदस्य असन्तुष्ट छन्। त्यसैले, आजको बैठकमा उनीहरु ओली–प्रचण्डबीच भएका कुराकानी र सहमतिबारे जानकारी माग्ने र एकताबारे खुल्ला छलफल गर्ने मुडमा छन्।

महत्वपूर्ण विषयमा समितिभित्र खुल्ला छलफलको खाँचो छ, छलफल भएपछि मात्र कसरी एकता प्रक्रिया अघि बढाउने भन्ने तय हुन्छ’ ती सदस्यले भने, ‘त्यसैले, आजै कार्यदल गठन होला वा नहोला भन्न सकिने स्थिति छैन।’
संयोजन समितिमा ओली र प्रचण्डका अलावा सदस्यमा एमालेको तर्फबाट बरिष्ठ नेताद्वय माधव नेपाल र झलनाथ खनाल, बरिष्ठ उपाध्यक्ष बामदेब गौतम सदस्य छन् भने माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा ‘बादल’ सदस्य छन्।

игрового продвижение сайтадля сайты раскрутки инстаграммини садкомпьютерные-советы.рфкупить эхолот в харьковепосле профессиональной чистки зубов