त्रिभुवन अार्मी क्लबका सागर पुनले काठमाडौंमा जारी प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा शुक्रबार प्रदेश ५ विरुद्ध शतक प्रहार गरेका छन्।

सागर पुन

सागर पुन सागरले १३२ बलमा शतक प्रहार गरेका हुन्। समग्रमा १ सय ४२ बल खेलेका उनले १ सय १८ रनको इनिङ खेले। त्यसक्रममा उनले १० चौका र ४ छक्का प्रहार गरे।

अार्मीका अोपनर सागर पुनको शतकसँगै प्रतियोगितामा चोथौ शतक हो। यसअघि एपीएफका प्रदीप एेरी(१५८) र सुवास खकुरेल(१०३) तथा प्रदेश ४ का हरिबहादुर चौहान(१००)ले शतक प्रहार गरिसकेका छन्।

सागरको शतकसँगै टस हारेर ब्याटिङको निम्तो पाएको अार्मीले निर्धारित ५० अोभरमा ८ विकेट गुमाएर २ सय ८९ रन बनाएको छ। सागरसँगै भीम सार्की र विनोद भण्डारीले विस्फोटक पारी खेल्दै अार्मीलार्इ सो स्कोरमा पुर्याएका हुन्।

भीमले ५३ बलको सामना गर्दै ५ चौका र ३ छक्काको मदतमा ७७ रन र विनोदले १५ बलमा ४ छक्का र २ चौकाको मदतमा ३७ रन जोडे। यस्तै अनिल मण्डलले १९ र सोमपाल कामीले ११ रन जोडे।

प्रदेश ५ का कृष्ण कार्कीले ३, विक्रम भुषालले २ तथा शक्ति गौचन र लाल अधिकारीले १-१ विकेट लिए।