पुस २५ काठमाडौं । दुई वर्षपछि पहिलो पटक उत्तर कोरिया र दक्षिण कोरियाबीच उच्चस्तरीय वार्ता सुरु भएको छ । कोरियादीपमा अमेरिकाले निहु खोज्दा उत्तर कोरिया त्यसको जवाफ दिँदै अाएको छ । त्यही विषयमा विवाद बढ्दै जाँदा दुबै देशबीचको हट लाइन नै काटिएको थियो ।

दक्षिण कोरियाको राष्ट्रपतिमा निर्वाचित भएलगत्तै मुन जे इनले उत्तरसँग सम्बन्ध बढाउन चाहेको बताएका थिए तर अमेरिकाको लगातारको हस्तक्षेपका कारण दुबै देशबीच सम्पर्क विच्छेदको अवस्थामा पुगेका थिए ।

नयाँ वर्ष २०१८ को अवसरमा उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले दक्षिणसँग वार्ता गर्ने संकेत गरेका थिए । त्यसलगत्तै दक्षिण त्यसको स्वागत गर्दै वार्ता टोली गठन गरेको थियो ।

उत्तर र दक्षिण कोरियाको अन्तराष्ट्रिय सीमामा पर्ने पनमुनजोम गाउँको ‘पिस हाउस’मा वार्ता जारी छ । यो वार्तामा २०१८ को शीतकालीन ओलम्पिकमा उत्तर कोरियाको सहभागिताबारे छलफल हुनेछ ।

यो वार्ता पहिलो चरणको भएको र यसमा ओलम्पिकमा सहभागी हुनेबारे विषयमा छलफल हुने बताइएको छ तर अन्य विषयमा पनि प्रवेश गर्न सक्ने अनुमान गरिएको छ ।

दक्षिण कोरियाले भने वार्तामा दुई देशको सम्वन्ध सुधारबारे पनि कुराकानी हुने बताएको छ |

newsvoзаказать оптимизациюattractions naturalпродвижение сайта трафику по ценалечение за границей основные направления медицинского туризмаузнать ns записи домена