अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच अर्को साता हुने शिखर वार्तास्थलको सुरक्षामा सिंगापुर प्रहरीका गोर्खा खटिने भएका छन् ।

आजको कान्तिपुर दैनिकमा यो खबर छापिएको छ, दुई नेताबीच जुन १२ मा सिंगापरमा शिखर बैठक हुँदैछ ।

दुवै नेताहरुले आ आफ्नो सुरक्षाकर्मीहरु ल्याउने भए पनि सिंगापुर प्रहरीको गोर्खा टुकडीले वार्तास्थल दुई नेता बस्ने होटल, उनीहरु हिँड्ने सडकलगायत स्थानमा सुरक्षा दिने वार्तास्थलको सुरक्षाबारे जानकारी कुटनीतिज्ञले बताए ।