२२ जेठ– प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिका मुद्दालाई अगाडि बढाउन सरकारले संविधान संशोधनदेखि लिएर पूरक बजेटसम्म ल्याउने बताएका छन्।

प्रधानमन्त्रीको अध्यक्षतामा राष्ट्रिय योजना आयोगमा बसेको राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै उनले ‘समृद्ध नेपाल र सुखी नेपाली’ सरकारको मूल लक्ष्य भएकाले त्यो लक्ष्य पूरा गर्न कुनै कसर बाँकी नराख्ने बताए ।

प्रधानमन्त्री ओलीले भने, ‘अबको हाम्रो प्राथमिकता विकास र सुशासन हो, त्यसका लागि सरकारको सबै संयन्त्र प्रयोग हुनुपर्छ र आवश्यकताअनुसार सबै कानून तथा नियम परिवर्तन गर्न सकिन्छ ।’