काठमाडौं  पुस २५

बालकोटस्थित एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा एमाले–माओवादी केन्द्रबीचको एकता संयोजन समितिको बैठक बस्नुअघि माओवादी केन्द्रका शीर्ष नेताहरु बैठक बस्न भएका छन्।पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा शीर्ष नेताहरुको बैठक हुन लागेको हो। बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शीर्ष नेताद्वय नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा ‘बादल’ सहभागी हुनेछन्।

बालकोट जानुअघि पार्टीको तर्फबाट राखिने अडानका विषयमा समान धारणा बनाउन एकता संयोजन समितिमा रहेका नेताहरु बैठक बस्न लागेका हुन्।

माओवादी केन्द्रका नेताहरुको बैठक २ बजेदेखि सुरु हुने बताइएको छ। एकता संयोजन समितिको बैठक अपरान्ह ३ बजे बालकोटस्थित ओली निवासमा बस्दैछ।

аккаунта настройкаtextmappodrobnostiулучшитьпозициилобановский александр досьекуда можно уехать жить за границу