चर्को शुल्कबृद्धि विरुद्धलगायत अन्य शैक्षिक माग लिएर अखिल क्रान्तिकारीसहित ८ विद्यार्थीद्धारा अाज शैक्षिक हड्ताल

विप्लव नेतृत्वकाे नेकपा निकट अखिल क्रान्तिकारीसहित ८ विद्यार्थी संगठनले आज शैक्षिक हड्ताल घोषणा गरेका छन् ।

नीजि विद्यालय संचालकहरुलाई वृद्धि शुल्क फिर्ता र शिक्षा मन्त्रालयसहित नीजि विद्यालय र विद्यार्थी संगठनहरुबीच सहमति भएको शुल्क लागू नगरेको भन्दै संगठनहरुले हड्तालको घोषणा गरेका हुन् ।

संविधानले मौलिक अधिकारको रुपमा स्वीकार गरेको निःशुल्क शिक्षा नीति लागू गर्न सरकारसँग माग गरेका छन् । संयुक्त ८ विद्यार्थी संगठनले जेठ १३ गते बैठक बसेर २१ गतेको आम शैक्षिक हड्ताललगायत आन्दोलनका कार्यक्रम सार्वजनिक गरिएका थिए ।

शैक्षिक मागसँगै सरकारले बढाएको पेट्राेलिय पदार्थको मूल्य वृद्धिको पनि विद्यार्थीहरुले विरोध गरेका छन् ।

संयुक्त विद्यार्थीद्धारा जारी विज्ञेप्तीकाे पूरा पाठ ;

Leave a Reply

Your email address will not be published. Required fields are marked *