२१ मंसिर

सल्यान । जिल्लामा नेकपा एमाले-माओवादी केन्द्रका कार्यकर्ताले मतदान सुरुभएसँगै बुथ कब्जाको प्रयास गरेका छन् ।

बागचौर नगरपालिकाको शिशु जागर मावि खोरबारे मतदान केन्द्रमा एमाले र माओवादी केन्द्रका कार्यकर्ताहरुले बुथ कब्जाको प्रयास गरिरहेका छन् ।

सल्यानको प्रदेस सभा (क) अन्तरगतको उक्त मतदान केन्द्रमा मतदान सुरुसँगै एमाले र प्रतिनिधि सभा सदस्य उम्मेदवार टेकबहादुर बस्नेत पक्षले बुथ कब्जा गर्न खोजेको माओवादी केन्द्र सल्यानले बताएको छ ।

बागचौर नगरपालिकामा बुधबार साँझ भएको बम विस्फोटलाई लिएर बस्नेत र माओवादी केन्द्र सल्यानका कार्यकर्ताबीच झडप भएको थियो । नगरपालिकाका मेयर लोकमान बुढाथोकीले बागी उम्मेदवार भीम प्रकाश शर्मा समर्थकले बम विस्फोट गराएको आरोप लगाउँदै प्रहरीलाई खबर गरेपछि विवाद सुरु भएको थियो ।

मेयर बुढाथोकीले बाहिरबाट गुण्डाहरु ल्याएर आफूहरुमाथि आक्रमण गर्न लगाएको बागी उम्मेदवार शर्मा पक्षधर नेताहरुले बताएका छन् । मेयरकै नेतृत्वमा शर्माको घरमा ढुंगामुडा समेत गरिएको बताइएको छ ।

प्रहरी प्रशासनले पनि उनीहरुका सबै गतिविधिलाई छुट दिएको शर्मा पक्ष नेताहरुको छ ।espace transsibérienпримерtravel agency onlineвремяцветотип лето макияж глазмедийная реклама adwords