काठमाडौं २५ पुस– चिकित्साशास्त्र अध्ययन संस्थानका वरिष्ठ चिकित्सक डा. गोविन्द केसीलाई सर्वोच्च अदालको आदेशमा प्रहरीले अनसनस्थालबाटै पक्राउ परेको विरोधमा पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति संयोजक बाबुराम भट्टराई र काँग्रेस युवा नेता गगन थापा सडकमै उत्रने भएका छन् ।
भट्टराईले केसी पक्राउको विरोधमा मंगलबार बिहान हुन लागेको प्रदर्शनमा सहभागी हुन माइतीघर जान लागेको ट्वीटमार्फत जनाएका छन् । उनले केसीको अभियानमा ऐक्यबद्धता जनाउन आफू मंगलबार बिहान ८ बजे माइतीघर जान लागेको उल्लेख गरेका छन् । उनले केसीको अभियानमा समर्थन जनाउन माइतीघरमा जम्मा हुन समेत सार्वजनिक अपिल गरेका छन् । यसअघि सोमबार केसी पक्राउ परेलगत्तै भट्टराईले ट्वीटमार्फत मेडिकल शिक्षामा सुधार र स्वास्थ्य सेवामा सबै नेपालीको पहुँचको माग राखी संघर्षरत केसी पक्राउ पर्नु दुःखको कुरा भएको उल्लेख गरेका थिए । यस्तै काँग्रेस युवा नेता एवं सांसद गगनकुमार थापाले पनि केसीको समर्थनमा हुने विरोधमा सहभागी हुन आफू माइतीघर जाने बताएका छन् ।

पूर्व स्वाथ्यमन्त्रीसमेत रहेका थापाले ट्वीटमार्फत डा. साथै उनले डा. केसीको अभियानमा ऐक्यबद्धता जनाउन भनेका छन् । अदालत र न्यायाधीशविरुद्ध अमर्यादित अभिव्यक्ति दिएको भन्दै मानहानीको मुद्धामा अदालतले केसीलाई पक्राउ गरी मंगलबार बिहान ९ बजे अदालतमा उपस्थित गराउन प्रहरीलाई निर्देशन दिएको थियो । चिकित्शासास्त्र अध्ययन संस्थानका डिन डा. शशी शर्मालाई पुनर्वबहाली गर्ने अदालतको फैसलाविरुद्ध अनसन थाल्नुअघि केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीमाथि भ्रष्टाचारीको आरोप लगाउँदै न्याय किनबेच गर्ने कार्यमा संलग्न उनले पलबाट राजीनामा दिनुपर्ने माग गरेका थिए ।

страницреклама вконтакте ценаthestockмакияж тенямиto travel in russian