त्रिभुवन अन्तरार्ष्टिय विमानस्थल बाहिर बरामद साढे ३३ केजी सुन
सुन तस्करीका अर्का नाइके डा.डेभिड भन्ने छिरिङ वाङ्देल घलेले आत्मसमर्पण गरेका छन्।

आइतबार बिहान कानुन व्यवसायीमार्फत् उनी मोरङ जिल्ला अदालत पुगेका हुन्।

डेभिड सुन तस्कर भुजुङ गुरुङका आफ्नै साला हुन्। भुजुङको सुन तस्करीको लगानी उनले व्यवस्थापन गर्दै आएको अनुसन्धानबाट खुलेको छ।

सुन तस्करी प्रकरणमा पक्राउ परेका अधिकांसले बयानमा नाम लिएका डेभिड भिनाजु भुजुङका लागि कामगर्ने गरेको खुलेको हो। तस्करी भएर आउने सुन नेपालमा व्यवस्थापन गर्नेदेखि गोरे र उनको समुह समेतको व्यवस्थापनको जिम्मेबारी डेभिडकाे काँधमा रहेकाे अनुसन्धानले देखाएकाे छ। साढे ३३ किलो सुन गायब हुनुमा डेभिडको हात रहेको अन्य आरोपीले बयानमा उल्लेख गरेका छन्।