२० जेठ – २८ जना डीएसपीलाई एसपीमा बढुवा गर्न सिफारिस गरिएको छ । शनिबार बसेको बढुवा समितिको बैठकले बढुवा सिफारिस गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

बढुवा सिफारिसको पहिलो नम्बरमा अच्युतम प्रसाद पुडासैनी छन् । यसैगरी प्रताप कुमार गुरुङ र विश्व अधिकारी क्रमशः दोस्रो तथा तेस्रो नम्बरमा सिफारिस भएका छन् ।

चौथो नम्बरमा सानुराम भट्टराई र पाँचौ नम्बरमा ओम प्रसाद अधिकारी बढुवाको सिफारिसमा परेका छन् ।