नेत्रहीन विश्वकप क्रिकेट

                    काठमाडौं पुस २५

 पाँचौँ एकदिवसीय नेत्रहीन विश्वकप क्रिकेटमा मंगलबार नेपालले उद्घाटन खेलमा बलियो प्रतिद्वन्द्वी तथा आयोजक राष्ट्र पाकिस्तानको सामना गर्दैछ।

पाकिस्तान र नेपालबीचको खेल गुजरानवाला स्थित जिन्नाह स्टेडियममा बिहान ९ बजे सुरु हुनेछ। घरेलु टोलीविरुद्ध बलियो आत्मबलको साथ मैदान उत्रने नेपाली टोलीको लक्ष्य छ।

पाकिस्तानले लाहौरमा भएको आफ्नो पहिलो खेलमा सोमबार बंगलादेशलाई ९ रनको फराकिलो अन्तरले पराजित गरेको थियो। नेपालविरुद्ध पनि विजयी लय कायम राख्ने पाकिस्तानको योजना छ।

उपाधि दाबेदार टोली पाकिस्तानले पहिलो खेलमा उत्कृष्ट खेल पस्क्यो। बलिङ र ब्याटिङमा बंगलादेश विरुद्ध उ हावी देखियो। पहिलो खेलमा पाकिस्तानका ओपनरद्वय बदर मुनीरले शतक प्रहार तथा अर्का ओपनर अमीर अस्फाकले ४६ रनको पारी खेलेका थिए। बलिङ तर्फ पनि मुनिरले ३ विकेट लिए।

पाकिस्तान नेपाल भन्दा माथिल्लो स्तरको टिम भएपनि सजक भएर आफूअनुकुल नतिजा निकाल्ने नेपाली कप्तान कृतन श्रेष्ठ दुवाल बताउँछन्। आफूहरु जितका लागि पाकिस्तान आएको दोहोर्याउदै उनले पाकिस्तानसामु कडा चुनौती प्रस्तुत गर्ने उल्लेख गरे।

सोमबार नेपालले झण्डै एक घन्टा लामो इन्डोर प्रशिक्षण गरेको थियो। आयोजकले सुरक्षामा खतरा हुन सक्ने भन्दै खुला मैदानमा लामो समय प्रशिक्षण गर्न दिएको छैन्।

पाकिस्तानविरुद्ध कम समयको तयारीका बाबजुदपनि जितको लक्ष्यका साथ मैदान उत्रने नेपाली टोलीका प्रशिक्षक रिजन प्रजु बताउँछन्। पाकिस्तान डिफेन्डिङ च्याम्पियन भारतभन्दा निकैबलियो देखिएको बताउँदै उनले पाकिस्तान विरुद्ध जित निकाल्दै नेपाललाई नेत्रहीन क्रिकेटको नयाँ शक्तिको रुपमा उदय गराउने लक्ष्य रहेको बताए। 

पाकिस्तानी टोलीका कप्तान निसार अलिले नेपाल पाकिस्तानमा आएर खेल्नुले नै विश्वमा राम्रो सन्देश पुर्याउन काफी रहेको बताउँदै खेल रोमाञ्चक हुने विश्वास व्यक्त गरे। पछिल्लो संस्करणमा केही गल्ती गरेका कारण च्याम्पियन हुनबाट चुकेका स्मरण गर्दै उनले यसपटक ती गल्तीहरु नदोहोर्याउने बताए। 

पाकिस्तानका लागि बंगलादेशविरुद्ध पहिलो जित निकाल्दा उसका युवा खेलाडी मुनिरले शतक प्रहार गर्दै १४७ रनको पारी खेलेका थिए।

पाकिस्तानका अमीर अस्फाक पनि नेपालको लागि ठुलो चुनौती बन्न सक्छन्। ४० ओभरको एकदिवसीयमा नेपालले पहिले ब्याटिङ गरेको खण्डमा ३ सय रनभन्दा माथि बनाउँन सकेमा मात्र पाकिस्तानका लागि ठुलो चुनौती बन्न सक्ने देखिन्छ।

नेपालले पहिले बलिङ गरेमा घरेलु टोलीलाई २ रनभन्दा कम स्कोरमा रोेकेमा मात्र जितको माध्यम बन्नेछ। यद्यपी, पाकिस्तानको ब्याटिङ र बलिङ निकै उत्कृष्ट रहेको छ। त्यसैले पनि जितका लागि नेपालले बलिङ र ब्याटिङसँगै उत्कृष्ट फिल्डिङ गर्नु पर्नेछ।

प्रतिक्रिया दिनुहोस् ।

chp.com.uaсайта карта для wordpresscms сравнениеRifleadult meet sitesтм марина