एन आई सी एशिया बैंकले धोबिनी गाँउपालिका वडा नं ४, लंगडि, पर्सामा २१८ औ  शाखा कार्यालय विस्तार गरेको छ । स्थापित लंगडि शाखाको आज एक समारोहका बिच धोबिनी गाँउपालिकाका प्रमुख सुरेशप्रसाद कुर्मीले विधिवत् समुद्घाटन गरेका छन् । 

बैंकले मुलुकभर २१८ शाखा कार्यालयहरु, २०४ एटिएम, ८ वटा एक्स्टेन्सन काउण्टर एवं ८ वटा शाखारहित बैंकिङ्ग मार्फत बैंकिङ्ग सेवा प्रदान गरेको जनाएको छ । बैंकको वासलातको आकार रू १६४ अर्ब भन्दा बढि पुगेको छ भने बैंकको कुल कर्जा करिब रू ११३ अर्ब र कुल निक्षेप करिब रू १३९ अर्ब पुगिसकेको छ ।

हालसम्म बैंकमा जम्मा ग्राहकको संख्या करिब ११ लाख ५० हजार रहेको बैंकले जनाएको छ । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।