लक्ष्मी बैंकले १०२ औँ ए.टि. एम सेवा पोखराको पश्चिम पृतना हेडक्वाटर बिजयपुर व्यारेकमा विस्तार गरेको छ । बैंकले बिहीबारबाट सेवा सञ्चालनमा ल्याएको हो । ए.टि.एमको उद्घाटन पृतनापति देवेन्द« बहादुर मेधासी र लक्ष्मी बैंकको तर्फबाट मनिष राज कुँवरले गरे ।

ए.टि.एम सेवा व्यारेकका सैनिकहरुका लागि मात्र नभई, सर्वसाधारणहरुका लागि पनि उपलब्ध हुने बैंकले जनाएको छ । यससंगै बैंकको ए.टि.एम संख्या १०२ पुगेको छ भने शाखा संख्या ८४ पुगेको छ ।