एन आई सी एशिया बैंकले रौतहटको चन्द्रनिगाहपुरमा नयाँ शाखा विस्तार गरेको छ । बैंकको चन्द्रपुर नगरपालिका वडा नं ४, चन्द्रनिगाहपुर, रौतहटमा स्थापित चन्द्रनिगाहपुर शाखाको एक समारोहका बिच चन्द्रनिगाहपुर उद्योग वाणिज्य संघका अध्यक्ष सुनिल कुमार जैसवालले समुद्घाटन गर्नुभयो । 

बैंकलाई आम जनमानसले गरेका विश्वास र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २१७ शाखा कार्यालयहरु, २०३ एटिएम, ८ वटा एक्स्टेन्सन काउण्टर एवं ८ वटा शाखारहित बैंकिङ्ग मार्फत बैंकिङ्ग सेवा प्रदान गरेको बैंकले जनाएको छ ।

बैंकको वासलातको आकार रू १६३ अर्ब भन्दा बढि पुगेको छ भने बैंकको कुल कर्जा करिब रू ११३ अर्ब र कुल निक्षेप करिब रू १३९ अर्ब पुगिसकेको छ । हालसम्म यस बैंकमा जम्मा ग्राहकको संख्या करिब ११ लाख ५० हजार रहेको छ । यो सँगै वासलात, कुल कर्जा तथा कुल निक्षेपको आकारको हिसाबले यो बैंक निजी लगानीमा स्थापित बैंकहरु मध्ये अग्रणी स्थानमा रहेको छ ।