बैंकको शाखा बिस्तार गर्ने क्रममा एनआइसी एशिया बैंकले रौतहटको बंकुलबजारमा १४३औं शाखा सञ्चालनमा ल्याएको छ । बौधीमाई नगरपालिकाका मेयर राजीव रंजन यादवले विधिवत् उदघाटन गरे ।

बैंकले हाल देशभर २१७ शाखा कार्यालय, २०३ एटिएम, ८ वटा एक्स्टेन्सन काउण्टर एवं ८ वटा शाखारहित बैंकिङमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

बैंकको वासलातको आकार १६२ अर्ब रुपैयाँभन्दा बढी पुगेको छ भने बैंकको कुल कर्जा करिब ११२ अर्ब र कुल निक्षेप करिब १३८ अर्ब रुपैयाँ पुगिसकेको छ । हालसम्म यस बैंकमा जम्मा ग्राहकको संख्या करिब ११ लाख ५० हजार रहेको छ ।

यो सँगै वासलात, कुल कर्जा तथा कुल निक्षेपको आकारको हिसाबले यो बैंक निजी लगानीमा स्थापित बैंकहरु मध्ये अग्रणी स्थानमा रहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।