आफूलाई मन नपरेको मान्छेले गरेको काम मन पर्ने कोहि सायदै विरलै भेटिन्छन् । त्यसमाथि विपक्षीले गरेको गल्तीको को त के कुरा गर्नु । यति बेला नेपाली कांग्रेसलाई खिल बनेर बिझाएको विषय हो बालकृष्ण ढुंगेलको आम माफी ।

चोक चोकमा रहेको चिया पसल देखि घरका भान्सा सम्म अनि सडकपेटी देखी संसदसम्म चर्चामा रहेको विषय तत्कालिन माओवादीका नेता बालकृष्ण ढुंगेलले पाएको रिहाइ नै हो । पछिल्लो केहि दिन यता नेपालको राजनीतिक क्षेत्र नै चयालमान बनाइको ढुंगेल काण्डले राजनीतिक धेरै प्रतिक्रिया सिर्जना भएका छन्, जुन स्वभाविक नै हो । जसमा प्रतिपक्ष नै अग्रस्थानमा रहेको छ ।

स्थानिय तहको निर्वाचनमा तत्कालिन माओवादी केन्द्रसँग चुनावी तालमेल गरी चुनावमा होमिएको नेपाली कांग्रेसले त्यति धेरै सफलता पाउन सकेन । तालमेल भएको क्षेत्रमा समेत अपेक्षा अनुसारको नतिजा ल्याउन नसकेको कांग्रेसले एक्लै चुनाव लडेको ठाउँको थोरै क्षेत्रमा मात्र आफ्नो पकड बनायो ।

त्यसपछि लगत्तै प्रदेश सभा र प्रतिनिधिसभा सदस्यको निर्वाचनमा भने माओवादी केन्द्रले पनि नेकपा एमालेसँग तालमेल गरेपछि कांग्रेसको मनोबल मात्र गिरेन धेरै ठूलो मात्रामा प्रतिशोध पनि साँध्न थाल्यो जसकोे फलस्वरुप Balakrishna-Dhungel_Tapaikokhabar.औँलामा गन्न सकिने गरी निर्वाचनको नतिजा आफ्ना पक्षमा पार्न सफल भयो । त्यसपछि नेपालको राजनीतिक क्षेत्र नै दुई ध्रुवमा विभाजन भयो, कम्युनिष्ठ शक्ति र लोकतान्त्रीक शक्ति जसको फलस्वरुप यति बेला बालकृष्णको विपक्षमा आंशिक रुपमा नेपाल कम्युनिष्ट पार्टीप्रति आस्था भएको व्यक्ति भएपनि ठूलो संख्यामा कांग्रेसले नै प्रतिनिधित्व गरेको छ ।

निर्वाचनमा भोगेको पराजयको कारण कांग्रेस यतिबेला नेकपा एमाले र माओवादी केन्द्रबाट पार्टी एकता पछि बनेको नेकपाकोविरुद्धमा गतिलो राजनी%