नरेन्द्र मोदी सरकारले पछिल्ला ४ वर्षमा विदेश मामिलामा हासिल गरेका उपलब्धि सार्वजनिक गर्न मंगलबार आयोजित कार्यक्रममा स्वराजको यस्तो टिप्पणीले अहिलेको परिस्थितिमा पाकिस्तानसँग भारतको सम्बन्ध सुधार हुने र सार्क अघि बढ्ने सम्भावना नरहेको प्रस्ट गर्छ ।

यसअघि भारत भ्रमणका बेला प्रधानमन्त्री केपी ओलीले भारतीय समकक्षी मोदीसामु सार्कलाई सक्रिय बनाउन भारतको सहयोग मागेका थिए । तर, मोदीले अहिलेको परिस्थितिमा सार्कप्रति भारतको चासो नरहेको जवाफ दिए ।

सार्कको वर्तमान अध्यक्षका नाताले नेपालले आगामी सम्मेलनका लागि पहल गरेकामा धन्यवाद दिँदै मोदीले भारत त्यसका लागि इच्छुक नभएको संकेत दिएका थिए ।