यसैबीच राजपन अहिलेसम्म सरकारमा सहभागी नहुने अडानमा छ । फोरम सरकारमा आउँदा राजपालाई कुनै पनि मन्त्रालय छैन ।

यो अवस्थामा नेकपाबाट सहभागी मन्त्री फिर्ता बोलाउनुपर्ने हुन्छ । आजको नेपाल समाचारपत्रमा यो समाचार छापिएको छ ।

फोरमलाई शहरी विकास मन्त्रालय र स्वास्थ्य मन्त्रालय दिने तयारी भएको स्रोतले जनाएको छ । पछिल्लो सहमतिअनुसार फोरमले एक राज्यमन्त्री पनि पाउने भएको छ ।