चितवन, १६ जेठ । चितवनमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । पश्चिम चितवनको जगतपुरस्थित ध्रुव भन्ने स्थानमा गैंडाको आक्रमणबाट स्थानिय ५० बर्षिय अर्जुन क्षेत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रहरीका अनुसार भरतपुर महानगरपालिका–२५ स्थित जगतपुरबाट ध्रुवतर्फ जाँदै गर्दा गैंडाको आक्रमणमा परी क्षेत्रीको मृत्यु भएको हो। सो ठाउँ चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने भएकाले बेलाबेलामा जंगली जनावरहरू निस्कने र धनजनको क्षति गर्ने गर्छ।

गैंडाको आक्रमण परेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि राति करिब १ बजे कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल भरतपुरमा ल्याइएको थियो। उनको उपचारकै क्रममा राति नै ज्यान गएको प्रहरीले जनाएको छ।