काठमाडौं जेठ १५

विश्वका महत्वपूर्ण र लोकप्रिय खेल क्रिकेट र फुटबलका अन्तर्राष्ट्रिय म्याचको जितहार, गोल र रनका आधारमा जुवा खेलाउने ६ जना पक्राउ परेका छन्।

महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको बिशेष टोलीले पूर्व राष्ट्रिय खेलाडी अन्जन केसी सहित ६ जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरुमा केसी सहित गौरब तिवारी, दिनेश बोगटी, नगेन्द्र सुवाल,  भुपेन्द्र कुँवर र विजय श्रेष्ठ छन्।

प्रहरीले उनीहरुले क्रिकेट र फुटबलका खेलहरुमा जितहार, रन, विकेट र गोलका आधारमा अनलाईन जुवा खेलाउने गरेका थिए। पक्राउ परेका सबैले जुवा खेलाउन बुकीको कामगर्दै आएको प्रारम्भीक अनुसन्धानमा खुलेको छ। प्रहरीले उनीहरुका साथबाट जुवा खेलाउन प्रयाेग भएका माेबाइल, ल्यापटप र नगद बरामद गरेकाे छ।

परिसरले मंगलबार काठमाडौं जिल्ला अदालतबाट जुवा ऐन र ठगीमा म्याद लिने तयारी गरिरहेको छ।

प्रहरीले पक्राउ गरेका केसी यसअघि म्याच फिक्सिङमा पक्राउ परेका आरोपी हुन्।