नेकपा र संघीय समाजवादी फाेरमबीच २ बुंदे सहमति भएकाे छ ।

प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष के.पी शर्मा ओली ,नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव बीच हिजो दुई बुंदे सहमती भएको हाे ।

प्रधानमन्त्री निवास बालुवाटारमा हिजो भएकाे सहमति अनुसार अव फाेरम पनि सरकारमा सहभागी हुने निश्चित भएकाे प्रधानमन्त्रीका प्रेस संयाेजक चेतन अधिकारीले जानकारी दिए ।

फाेरमले लामाे समयदेखि उठाउदै अाएकाे संविधान संशाेधनसँग सम्वन्धि विषय अापसी सहमतिमा संशाेधन गर्ने दुइ पक्षले सहमति गरेका छन् ।