काठमाडाै‌ जेठ १५       सरकारले पहिलो संघीय बजेट आज सार्वजनिक गर्दैछ। आर्थिक वर्ष २०७५-०७६ को बजेट आज सार्वजनिक हुन लागेको हो।

अपरान्ह ४ बजे बस्ने संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) को संयुक्त बैठकमा अर्थमन्त्री डा.युवाराज खतिवडाले बजेट प्रस्तुत गर्ने कार्यक्रम छ।

बजेटको आकार झण्डै १६ खर्बको हुने अर्थमन्त्रालय श्रोतले जनाएको छ। बजेटको एक तिहाइ रकम प्रदेश र स्थानीय तहलाई विनियोजन गरिएको छ । कुल बजेटको करिब १२ प्रतिशत प्रदेश सरकारले र झन्डै १७ प्रतिशत स्थानीय तहले अनुदानका रूपमा पाउने स्रोतले जनाएको छ।

संविधानको धारा ११९ मा अर्थमन्त्रीले प्रत्येक आर्थिक वर्षको १५ जेठमा राजस्व र व्यय अनुमान प्रस्तुत गर्ने प्रावधान छ। अत्यधिक बहुमत प्राप्त कम्युनिष्ट सरकारले ल्याउन लागेकाले बजेटलाई महत्वकासाथ हेरि एको छ।अर्थमन्त्री डा.युवाराज खतिवडा

अर्थमन्त्री डा.युवाराज खतिवडा

अर्थ स्रोतका अनुसार युवालाई रोजगारीका योजना, विकासका ठूला आयोजना निर्माण, सबै नागरिकलाई बिमालगायत महत्वपूर्ण कार्यक्रम बजेटमा समेटिएका छन्।

बजेटमा २०७५–७६ लाई आधार वर्ष बनाई धेरैजसो कार्यक्रम पाँच वर्षमा सम्पन्न गर्ने गरी केही नयाँ योजना सार्वजनिक हुनेछन् । काठमाडौं–तराई दु्तमार्ग, मध्यपहाडी लोकमार्ग र हुलाकी राजमार्गको काम पाँच वर्षमा सम्पन्न गर्ने गरी बजेट विनियोजन हुने छ। मेट्रो रेल, जलमार्गको सम्भाव्यता लगायत कार्यक्रमको पूर्वतयारीका लागि पनि बजेट विनियोजन गरिएको छ।