काठमाडाै‌ जेठ १५ मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको आज ११ वर्ष पुगेको छ। संसद्मा रहेका तत्कालीन सात दल र जनयुद्धमा रहेको तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको जनयुद्धको बलमा मुलुकमा लोकतान्त्रिक गणतन्त्र स्थापना भएको हो।

 

२०६२–०६३ को जनआन्दोलन सफल भएपछि गठितफाइल तस्बिर संसदको पहिलो बैठकले ०६५ जेठ १५ गते नेपालमाऔपचारिक रुपमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको घोषणा गरेको थियो।

दुई सय ४० वर्ष लामो निरंकुश राजतन्त्रको समाप्ती र मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको लागि हजारौँले सपुतहरुले आफ्नो जीवन वलिदान दिएका छन्।

राजसंस्था अन्त्य गर्दै गणतन्त्र घोषणा गरिएको दिनको सम्झनामा हरेक वर्ष जेठ १५ लाई गणतन्त्र दिवसको रुपमा मनाउन थालिएको हो।

गणतन्त्र दिवशको अवसरमा सरकारले राजधानीको टुँडिखेलमा सरकारले आज औपचारिक कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दकिशोर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्रीहरु, संवैधानिक निकायका प्रमुखहरु, सुरक्षा निकायका प्रमुखलगायत सहभागी भएका छन्।

सरकारले यस वर्षदेखि गणतन्त्र दिवशको विदा भने कटौटी गरेको छ। गत वर्षसम्म गणतन्त्र दिवशको दिन सरकारले सार्वजनिक विदा दिँदै आएको थियो।

गणतन्त्र दिवसको अवसरमा आज देशैभरी विभिन्न कार्यक्रम हुँदैछन्। संयुक्त विद्यार्थी संगठनले विहान राजधानी काठमाडौंमा प्रभातफेरि गरेको छ। त्यस्तै विभिन्न संघ संस्थाले पनि गणतन्त्र दिवशमा विभिन्न कार्यक्रम गर्दैछन्।