काठमाडाै‌ जेठ १३-रियल मड्रिडले १३अौं पटक च्याम्पियन्स लिगको उपाधि जितेको छ। लिभरपुललार्इ ३-१ गोलअन्तरले पराजित गर्दै रियलले यस सिजनको च्याम्पियन्स लिगको उपाधि जितेको हो।

रियललार्इ च्याम्पियन बनाउन गरार्थ बेलले २ तथा करिम बेन्जमाले १ गोल गरे। यस्तै, लिभरपुलका लागि साडियो मानेले १ गोल फर्काए।

खेलको ५१अौं मिनेटमा बेन्जमाको गोलबाट रियलले सुरुवाती अग्रता लिएको थियो। लिभरपुलका गोलकिपर लोरिस कारिजको गल्तीको फाइदा उठाउँदै बेन्जमाले गोल गरेका थिए।

लोरिसले हातमा समातेको बल अाफ्ना खेलाडीलार्इ दिने क्रममा अागाडी रहेका बेन्जमाको खुट्टामा लागेको थियो। उक्त बल गोलपोष्ट तिर फर्कदै जाली चुम्यो। 

त्यसको चार मिनेट नवित्दै साडियो मानेले बराबरी गोल फर्काएका थिए।

६१ अौं इस्कोको स्थानमा अाएका बेलले लगत्तै तीन मिनेटपछि गोल गर्दै रियललार्इ पुन: अग्रता दिलाएका थिए। बाइसाइकल किक मार्फत उनले उत्कृष्ट गोल गरेका थिए। 

यस्तै, ८३अौं मिनेटमा ३० यार्ड टाढाबाट बेलले गरेको प्रहार गोलमा परिणत भएको थियो। थप समयमा गोल हुन सकेन र रियल च्याम्पियन बन्यो।