काठमाडाै‌ जेठ १३-च्याम्पियन्स लिगको जारी फाइनलमा रियल मड्रिडका सर्जियो रोमाससँगको टकरावपछि ३०अाैं मिनेटमा मैदान छाडेका लिभरपुलका मोहम्मद सलाहको काँधको हड्डी भाचिएको अाशंका गरिएको छ।

लिभरपुलका भिजियोको प्रारम्भिक उपचारपछि उनको काँधको हड्डी भाचिएको अाशंका गरिएको द गार्डियनले उल्लेख गरेको छ। यदि त्यसो हो भने इजिप्टका सलाहले यसवर्षको विश्वकप पनि गुमाउने छन्। तर, उनको विस्तृत रिपोर्ट भने अस्पताल गएपछि अाउँनेछ। 

सलाहको बाट बल खोस्ने क्रममा रोमास उनको काधमाथि खसेका थिए। उक्त घटनापछि सलाहले अाशु झार्दै मैदान छाडेका थिए।