गोरखा,  पुस– माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अबको पाँच वर्ष मुलुकमा बामपन्थी बाहेकको सरकार नबन्ने बताएका छन् । उनले बाम गठबन्धनeबाहिरबाट सरकार बन्नै नसक्ने दाबी गरे ।

माओवादीले एमालेबाहेक काँग्रेस र अरु दलसँग मिलेर सरकार बनाउने र एमालेले संघीय समाजवादी फोरमसँग मिलेर सरकार बनाउने भन्ने दुवै हल्ला निराधार रहेको उनको भनाइ छ । ‘काँग्रेससहित दलको सहयोगमा माओवादीले र फोरमसँग मिलेर एमालेले सरकार बनाउने दुवै हल्ला गलत हुन’, श्रेष्ठले भने, ‘अबको पाँच वर्ष नेपालमा बाम गठबन्धन बाहेको सरकार हुँदैन ।’

उनले पार्टी एकता र सरकार गठनबारे बाम गठबन्धनमा कुनै विवाद नरहेको जिकिरसमेत गरे । काँग्रेसले जनमत गुमाइसक्दा पनि सरकारमै टाँसिएर बसेकाले नयाँ सरकार बन्न ढिलाइ भइरहेको उनले आरोप लगाए । श्रेष्ठले सरकार गठन र एमालेसँगको पार्टी एकता सँगसँगै अघि बढाउनेबारे दुई दलबीच छलफल जारी रहेको बताए । उनले एमाले अध्यक्ष केपी ओली उपचारका लागि बैंकक जानुअघि नै एकीकरण र सरकारबारे ठोस सहमति हुने विश्वास व्यक्त गरे ।СНГfootball.uaгерманииrambler поисквиза в италию на годраскрутка сайтов