काठमाडौं – राजधानीका तीन स्थानमा मानोरेल निर्माण गर्ने गरी सम्भाव्यता अध्ययन शुरु भएको छ । आजको नेपाल समाचारपत्रको पहिलो पृष्ठमा समाचार छ ।

काठमाडौंका तीलगंगा नागढुंगा, रिङरोडको २७ किलोमिटर र नदी किनारामा रेल सञ्चालन गर्ने गरी विभिन्न तीन कम्पनीले अध्ययन शुरु गरेको हो । 

काठमाडौं महानगरपालिका सार्वजनिक निजी साझेदारी इकाइ (पीपीयू) प्रमुख महेश काफ्लेले तीन ठूला कम्पनीले अध्ययन शुरु गरेको जानकारी दिए ।