सम्पतिको नाममा थोत्रो साइकलमात्र देखाउने, टेम्पो चढेर सादगीपूर्ण जीवन बिताउने भन्दै मिडियामा फन्डा भइरहने बहालवाला मन्त्री लालबाबु पण्डितको सम्पति चार वर्षमा ८ लाख रुपैयाँले बढेको छ। उनको सम्पतिको सूचीमा ५ तोला चाँदी पनि थपिएको छ।

हाल सामान्य प्रशासन मन्त्री रहेका लालबाबु यसअघि सुशील कोइरालाको सरकारमा पनि सामान्य प्रशासन मन्त्री थिए। २०७० को चैत महिनामा उनले बुझाएको सम्पति विवरण र अहिले बुझाएको विवरण तुलना गरेर हेर्दा यति फरक देखिएको हो।


त्यतिबेला उनले बुझाएको सम्पति विवरणमा यस्तो थियो-

राजधानीमा ४ आना घडेरी,
गृह जिल्ला मोरङमा १ कट्ठामा बनेको घर, करिब चार बिघा खेतीयोग्य जमिन,
सुन १० तोला
चाँदी १० तोला
बैंकमा ४७ लाख नगद

अहिले उनले बुझाएको सम्पति विवरणमा छ-
राजधानीमा ४ आना घडेरी (समान)
गृह जिल्ला मोरङमा १ कट्ठार (समान)
सर्लाहीमा ४ बिघा जग्गा (सर्लाही उल्लेख नगरिएको पहिला)
सुन १० तोला (समान)
चाँदी १५ तोला (५ तोला बढ्यो)
बैंकमा ५५ लाख नगद (८ लाख बढ्यो)


पछिल्लो पटक प्रतिनिधि सभा सदस्यका लागि चुनावमा मोरङबाट जितेका लालबाबुले सार्वजनिक रुपमै आफूसित पैसा नभएकोले कतारबाट नेपालीहरुले सहयोग गरेको बताएका थिए।
बैँकमा ४७ लाख भए पनि त्यतिबेला  लालबाबुले भनेका थिए- अहिले सहयोगको कुरा गर्नुहुन्छ भने कतारमा नेपाली सय रुपैयाँ मजदुरहरुले उठाउन थाल्याछन् लालबाबु पण्डितलाई म सहयोग गर्न तयार छु भनेर । ठाउँ-ठाउँमा सय रुपैयाँ, ५० रुपैयाँ जति सकिन्छ सहयोग गरे हुन्छ। पत्रकार मित्रहरुले पनि अलिअलि दिएर सहयोग गर्नुहुन्छ कि !’

अहिले बढेको ८ लाख त्यही सहयोगका कारण हो कि अरु कुनै आम्दानीको स्रोत थियो, त्यो सम्पति विवरणमा उल्लेख छैन