नातामा बुहारी पर्नेमाथि जबरजस्ती करणी गर्न खोजेको आरोपमा सांसद् शेख चाँद ताराका श्रीमान् शेष मन्सुर बाबु पक्राउ परेका छन् । झड्केलो छोराकै बुहारीलाई उनले गत मंसिर १८ गते जबर्जस्ती करणी गर्न खोजेका थिए ।

कानुन व्यावसायीसमेत रहेका शेष मन्सुर ०७४ पुस २८ गते उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय, पर्सामा मुद्दा दर्ता भएपछि फरार भएका थिए । पर्साका प्रहरी उपरीक्षक रेवती ढकालका अनुसार जबर्जस्ती करणी मुद्दाका फरार अभियुक्त मन्सुरबाबुलाई पक्राउ गरिएको जानकारी गराएका छन् । पीडित बुहारीले घटना भएको झण्डै २० दिनपछि जिल्ला प्रहरी कार्यालय, पर्सामा मुद्दा दर्ता गरेकी थिइन् ।

आरोपित शेषलाई आवश्यक अनुसन्धानका लागि हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।