काठमाडौं जेठ ११

संसद भवन (फाइल फोटो)
संसद भवन (फाइल फोटो)

सांसदहरू हाजिर गरेर मात्र फर्कने गरेपछि सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल सम्पन्न हुन ढिलाइ भएको छ।

संसदमा नीति तथा कार्यक्रमबारे गम्भीर छलफल भइरहेका बेला सांसदहरू भने हाजिर मात्र गरेर फर्कने गरेका छन्।

यही कारण सरकारको नीति तथा कार्यक्रममाथि तेस्रो दिन अर्थात् शुक्रबार पनि छलफल जारी रहने भएको छ।

प्रतिनिधिसभा आज धारणा राख्ने अन्तिम दिन भएपनि बोल्ने सांसदको संख्या एकिन नभएकाले आजै सकिने नसकिने टुंगो छैन।

राष्ट्रिय सभामा भने आज केही सांसदले मात्र आफ्नो धारणा राख्नेछन्।

त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदले उठाएको प्रश्नको जवाफ दिने कार्यक्रम रहेको संसद सचिवालयले जानकारी दिएको छ।