गोरखामा श्रेष्ठले भनेः माओवादीले कांग्रेस र मधेसवादी दलसँग मिलेर सरकार बनाउने कुरा हल्ला मात्रै हो

  अग्निज्वाला  संवाददाता गोरखा पुस २२

नेकपा माओबादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले शनिबार अपरान्हसम्म नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच पार्टी एकता गर्ने सम्बन्धी प्रारम्भिक छलफल हुने र आइतबार पार्टी एकता संयोजन समितिको बैठक बस्ने बताएका छन्।

उनले भने, ‘संभवत आज नै दुवै पार्टीका अध्यक्षज्यूहरुबीच पार्टी एकताबारे छलफल हुनेछ र भोलि पार्टी एकता संयोजन समितिमा थप छलफलहरु गछौं।’

पार्टी एकताका लागि दुवै दलभित्र दुइवटा बुँदामाथि छलफल भइरहेको श्रेष्ठले बताए।अध्यक्षद्वय ओली र प्रचण्डले पार्टी एकताकै विषयमा गृहकार्य गरिरहेको भन्दै श्रेष्ठले पार्टीको वैचारिक लाइन के हुने र नेतृत्व निर्माण, संगठानात्मक संरचनाको एकीकरणको आधार के हुने? भन्ने बुँदामा छलफलपछि पार्टी एकता प्रक्रिया अघि बढाउने जानकारी दिएका छन्।

कानून अड्चन र नेपाली कांग्रेसका कारण सरकार गठनमा ढिलाइ भएको बताउँदै श्रेष्ठले भने, ‘सरकार बनाउने प्रक्रिया अघि बढ्छ, कुनै कठिनाइ छैन। पार्टी एकता अघि बढाउन भने केही गृहकार्य गर्नु जरुरी छ।’

अध्यक्ष ओलीको स्वास्थ्य अवस्थाका कारण पार्टी एकता बैठक केही ढिला भएको श्रेष्ठ तर्क गर्छन्।संबैधानिक ब्यबस्था, राष्ट्रिय सभाको ऐन नभइ निर्वाचनमा गएको स्थिती र कांग्रेसजस्तो लोकतान्त्रिक पृष्ठभूमी भएको तर सत्तामा रहिरहन चाहने पार्टीको सरकार भएकोले सरकार निर्माण केही ढिलाइ भएको श्रेष्ठको भनाइ छ।

नेतृत्वको बिषयमा बिबाद नरहेको भन्दै श्रेष्ठले कुन नेता कुन पदमा भन्ने बिषय अहिले मुख्य नभएको बताए । ‘वामपन्थी गठवन्धनको सरकारबाहेक पाँच वर्ष अरु कसैको सरकार बन्दैन’ श्रेष्ठले भने, ‘कांग्रेस, राजपा, फोरमसँग मिलेर सरकार बनाउने भन्ने होइन।’

गोरखा २ बाट प्रतिनिधिसभा निर्वाचनमा डा. बाबुराम भट्टराईसंग पराजित श्रेष्ठ निर्वाचनमा पराजित हुनुका समीक्षा र मतदातालाई धन्यवाद दिन शुक्रबारदेखि गोरखामा छन्। एमाले र माओवादी निकट कर्मचारीले गोरखा सदरमुकामको पश्चिमकालीमा शनिबार दिउँसो आयोजना गरेको सम्मान, स्वागत, बधाइ ज्ञापन तथा वनभोज कार्यक्रममा कर्मचारीलाई आफ्नो जिम्मेवारीअनुसार काम गर्न श्रेष्ठले आग्रह गरे।

поисковикеyoucontrolпосчитатьконверсиютуры для молодоженов по россииламинат харьков низкие ценысайт авиабилетов