आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय समितिको पहिलो पूर्ण बैठक बस्ने भएको छ । बैठक बिहीबार दिउँसो ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने भएको हो ।

मंगलबार पूर्णता पाएको नेकपाको केन्द्रीय समितिमा ४ सय ४१ सदस्य र ६ जना स्थायी आमन्त्रित सदस्य छन् । जसमा पूर्व एमालेबाट २४१ तथा पूर्व माओवादीबाट २०० जना छन् । तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकतामार्फत गठित नेकपाले पहिलोपटक केन्द्रीय समितिको पूर्ण बैठक बोलाएको हो ।

समितिका सबै सदस्यहरूलाई आफ्नो नागरिकतासहित उपस्थित हुन निर्देशन गरिएको नेकपाका नेताहरुले बताएका छन् ।