सुन तस्करीमा पक्राउ परेका चुडामणि उप्रेती अर्थात गाेरेले अाफु ठुलाे तस्कर नभएकाे बताएका छन।छानवीन समितिलाइ मंगलवार दिएकाे बयानमा उनले अाफु भन्दा माथि ठुला तस्कर भएकाे तर उनीहरूकाे वारेमा कुनै कुरा सार्वजनिक नभएकाे गुनासाे गरेका छन।उनले समितिलाइ अाफु अरूले ल्याएकाे सुनलाइ सेटिङमा मिलाएर यताबाट उता लैजाने पात्र मात्र भएकाे बताए।गाेरेले ३३ किलाे सुन पनि अाफनाे नभएकाे बताए।उनले तर याे सुन लुटिएकाे बताए।उनले एकै दिनमा ८६ किलाे सम्म सुन एयरपाेर्टमा पास गरिएकाे उनले बताए।उनलाइ अहिले माेरङ पठाइएकाे छ।