काठमाडौं , २२ पुस– एमाले अध्यक्ष केपी ओली नेतृत्वमा बन्ने बाम गठबन्धनको सरकारले प्रहरी महानिरीक्षक प्रकाश अर्याल र मुख्यसचिव लोकदर्शन रेग्मीलाई हटाउने भएको  छ ।अर्याल र रेग्मीले पदीय मर्यादा उल्लंघन गरेर कुनै अमुक दल र नेताको अनुकुलतामा काम गरेको र प्रहरी र कर्मचारी प्रशासनमा अस्थिरता उत्पन्न गराएको आरोप एमालेको छ । हालै आफ्ना ललितपुर–१ का नवनिर्वाचित सांसद एवं पूर्वडिआईजी नवराज सिलवाललाई फर्जी किर्ते मुद्धा तयार पारेर फसाउन खोजेको भन्दै एमालेले अर्याल र रेग्मीलाई ‘टार्गेट’ गरेको हो । प्रहरी प्रमुखको दौडमा रेहका सिलवाललले कार्यसम्पादन मूल्यांकन किर्ते गरी अदालतमा पेस गरेको आरोपमा महानगरीय प्रहरी परिसर काठमाण्डुले पक्राउ पुर्जी जारी गरेको छ । सिलवाललाई काठमाण्डु र ललितपुर प्रहरीका साथै केन्द्रीय अनुसन्धान ब्युरो सिआईबीले खोजी गरिरहेको छ ।

तर, सिलवाल भने मलेसियमा छन् । ‘प्रकाश अर्याल र लोकदर्शन रेग्मीले पूर्वाग्रह साँध्ने काम नरोके हामी पनि त्यसको राम्रो हिसाब गरौंला’, एमालेका एक नेताले भने, ‘नयाँ मन्त्रिपरिषद बनेलगत्तै मुख्यसचिव र प्रहरी प्रमुख फेरिन सक्छन् ।’ एमाले शीर्ष नेतृत्व तहमा उनीहरुलाई हटाउनेबारे छलफल सुरु भइसकेको दाबी ती नेताले गरे । मुख्यसचिव रेग्मी र महानिरीक्षक अर्याल दुवैलाई मन्त्रिपरिषद कार्यालयमा सल्लाहकार बनाएर तान्ने र नयाँ नियुक्ति गर्ने तयारी रहेको दाबी स्रोतको छ ।

अर्याल र रेग्मी दुवैले आफूभन्दा वरिष्ठलाई अन्यायपूर्वक पाखा लगाएर राजनीतिक चलखेलका आधारमा पद हत्याएकाले उनीहरुमाथि एक्सन गर्नुपर्ने तर्क एमाले नेताहरुको छ । त्यसमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको समेत समर्थन रहेको ती नेताले बताए । अर्याल र रेग्मी दुवैलाई शेरबहादुर देउवा नेतृत्वको सरकारले नियुक्त गरेको हो ।

भावी मुख्यसचिवमा को ल्याउने भन्नेबारे निश्चित नभए पनि प्रहरी महानिरीक्षकमा भने अतिरिक्त महानिरीक्षक बमबहादुर भण्डारीलाई ल्याउने करिब पक्काजस्तै भएको उनले बताए ।ссылкуофициальныйvkпиар в социальных сетяхконный туризмsimple checkbook register excel