तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रवीच भएको पार्टी एकता पछि स्थापना भएको नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्यको लागि एमालको तर्फबाट ४३ जना मनोनित भएका छन् । नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र नेता माधव कुमार नेपालले तयार गरेको सूचीमा ४३ जना मनोनित भएका छन् । उनीहरुले पूर्व एमालेका केन्द्रीय सदस्य रहेका १९६ जनामा थपिएका ४३ जनाको नाम मनोनित गरेका हुन् ।

KP Oli-tapaikokhabarपार्टी एकता अघि रहेको नेकपा एमालेको तर्फबाट २४१ र माओवादी केन्द्रको तर्फबाट २०० केन्द्रीय सदस्य मिलाएर नेकपाको ४४१ सदस्यीय केन्द्रीय कमिटी बनाउने अन्तिम तयारी रहेको छ । यद्यपी तत्कालिन माओवादीको तर्फबाट भने केन्द्रीय सदस्यका नाम टुंगो लागिसकेको छैन । दुवै तर्फबाट केन्द्रीय सदस्यको सूची पेश भइसकेपछि नेकपाका दुई अध्यक्ष बसेर त्यसलाई अन्तिम रुप दिनेछन् ।नेपाल कम्युनष्टि पार्टीको लागि नेकपा एमालेले मनोनित गरेको केन्द्रीय सदस्यको नामावली

१. विनोद ढकाल
२. नरेश खरेल
३. निरज आचार्य
४. विष्णु रिजाल
५. तिलकुमार मेयाङ्बो
६. महेश रेग्मी
७. राजेन्द्र गौतम
८. देवेन्द्र दाहाल
९. आनन्दप्रसाद पोखरेल
१०. प्रमोदनारायण शाह
११. समिम मियाँ अनसारी
१२. गोकुल बास्कोटा
१३. कैलाश ढुंगेल
१४. डोरमणी पौडेल
१५. बसन्त मानन्धर
१६. केशव पाण्डे
१७. महेश बस्नेत
१८. विनोद श्रेष्ठ
१९. शवलाल श्रेष्ठ
२०. श्रीनाथ बराल
२१. खगराज अधिकारी
२२. शारदाप्रसाद सुवेदी
२३. दिलुकुमारी पन्त
२४. कृष्ण राई
२५. लक्ष्मण ज्ञवाली
२६. नरुलाल चौधरी
२७. बिमला घिमिरे
२८. गोविन्द शाह
२९. चन्द्रबहादुर शाही
३०. दयालबहादुर शाही
३१. भानुभक्त जोशी
३२. लिला भण्डारी
३३. साध्यबहादुर भण्डारी
३४. रामेश्वर राना
३५. एकबहादुर राना
३६. अच्युत मैनाली
३७. बलराम बास्कोटा
३८. डा. युवराज खतिवडा
३९. दामोदर भण्डारी
४०. आइन्द्रसुन्दर नेम्वाङ
४१. रविन्द्र अधिकारी
४२. देवी ज्ञवाली
४३. रामेश्वर फुयाँल